११ श्रावण २०८१, शुक्रबार

प्रदेशस्तरीय महिला तथा पुरुष फुटवल हुदै



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडास्थित मनकामना युवा क्लवको आयोजनामा आगामी ११ गतेदेखि प्रदेश स्तरीय महिला तथा पुरुष फुटवल प्रतियोगिता हुने जनाइएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा मनकामना युवा क्लवका अध्यक्ष डबल थापाले प्रतियोगितामा पुरुषतर्फ १६ तथा महिलातर्फ छ वटा टिमको सहभागिता रहने जानकारी दिए ।
आयोजकका अनुसार प्रतियोगितामा पुरुष तर्फको विजेतालाई ७५ हजार तथा उपविजेतालाई ४१ हजार रुपैया पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै महिला तर्फको विजेतालाई २० हजार तथा उपविजेतालाई १० हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा वडा नम्बर १२ का वडाध्यक्ष गणेश प्रसाद जोशी, कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहित शाह, क्लवका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार