२१ मंसिर २०८२, आईतवार

गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी



बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा बुधबार बिहान आगजनी भएको छ । बुधबार बिहान तीन बजेतिर गाउँपालिकाको वडा नम्बर ३ पसेरास्थित सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी भएको प्रहरीले जनाएको छ ।
त्यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियो जीपमा पनि आगजनी गरिएको छ । सो जीप नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालको रहेको र गाउ“पालिकाले भाडामा लिएको थियो ।
त्यस्तै, गाउँपालिकाको वडा नम्बर ३ पसेरामा रहेको नेकपा अध्यक्ष पालको घरको मूलद्वारमा प्रेसरकुकर बम फेला परेको छ । भने उनको से १ च ४५९ नम्बरको जेसीभीमा पनि आगजनी भएको छ ।
कार्यालय भवन, जीप तथा जेसिभीमा आगजनी कसले गर्‍यो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार