१२ श्रावण २०८१, शनिबार

अनुमतिपत्र बिना भित्रिएको कार नियन्त्रणमा



धनगढी । भन्सार पास बिना चलाईएको भारतीय नम्बरको एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट भन्सार पास विना नेपाल भित्रिएको एचपी २४ ए ९७९६ नम्बरको कार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, केलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।
उनका अनुसार चटकपुरमा रहेको अस्थायी पोष्टको टोलीले सो कार बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार