१२ श्रावण २०८१, शनिबार

लिक्मामा कमैया माघी महोत्सव



सुखड । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ लिक्मा गाउ“मा थारु होमस्टे कमैया माघी महोत्सब हुने भएको छ ।
थारु होमस्टे गाउ“ कमैया पर्यटन विकास तथा व्यावस्थापन समितिको आयोजनामा माघ १० गतेदेखि १२ गतेसम्म महोत्सव हुने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।
महोत्सव आयोजक समितिका संयोजक हिरालाल डगौंराले होमस्टेको प्रचारप्रसार, होमस्टे प्रवद्धर्न र संचालन गर्न सहयोग जटाउने, थारु संस्कृति र कलाको संरक्षण र जगेर्ना, स्थानीय परिकारबारे प्रचारप्रसार, लगायतका उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको बताए ।
महोत्सवमा थारु समुदायको मौलिक मुङग्रहवा नाच, सखिया नाच, झुम्रा नाच, लठवा नाच, हुदङगवा नाच, तरुहवा नाच, कठघोरी नाच, दिननचुवा नाच तथा विभिन्न सांस्कृतिक कार्यक्रम र खेलकुद कार्यक्रम समावेश रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार