१२ श्रावण २०८१, शनिबार

आजदेखि माघीमेला तथा सांस्कृतिक कार्यक्रम



बौनिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर २ मा रहेको बर्दगोरिया धार्मिक पर्यटकीय क्षेत्रमा आज (आइतबार) देखि माघि मेला तथा सांस्कृतिक कार्यक्रम शुरु हुदैछ ।
“बर्दगोरिया धार्मिक पर्यटकीय परिसर घुम्न जाऔं, नेपाल भ्रमण वर्ष २०२० सफल पारौ” भन्ने नारा सहित आज (आइतबार) देखि मेला तथा सांस्कृतिक कार्यक्रम शुरु हुदैछ । मेला आगामी माघ २ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
बर्दगोरियामा दशकौदेखि प्रत्येक माघे संक्रान्तीमा बर्दगोरिया मेला लाग्दै आएको छ । पछिल्ला केही वर्षयता बर्दगोरिया मेलालाई महोत्सवका रुपमा मनाइने गरिएको छ ।
मेला मूल आयोजक समितिका संयोजक राम बहादुर साउदले थारु समुदायको प्रमुख चाडका रुपमा रहेको माघीका अवसरमा लाग्ने बर्दगोरिया मेलामा कैलाली, बर्दिया तथा कञ्चनपुरका साथै भारतका सिमावर्ती तिकुनिया, सिंघाई, खिरि, पलिया लगायतका गाउशहरबाट ठ्र्रलो संख्यामा पर्यटक आउने गरेको बताए ।
बर्दगोरिया धार्मिक स्थलमा रहेका नदी तथा तालपोखरीमा माघे संक्रान्तिमा स्नान गर्नेको निकै घुइचो लाग्ने गरेको छ । बर्दगोरियामा पुरैना ताल, पिरुवा पिकनिक स्थल, कन्याराजाको दरबार, साईबाबा मन्दिर, शिव मन्दिर, पिरुवा, रामजानकी मन्दिर, झरझरिया, ठाकुरद्वारा लगायतका स्थल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार