२ असार २०८१, शनिबार

स्पोर्टस अवार्डको समिक्षा



धनगढी । धनगढीमा केही दिन अघि भएको पहिलो सुदूरपश्चिम स्पोर्ट्स अवार्डको शनिबार धनगढीमा समिक्षा कार्यक्रम भएको छ ।

अवार्ड कार्यक्रमको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले गरेको समीक्षा तथा कदरपत्र वितरण कार्यक्रममा सहभागीहरूले स्पोर्ट्स अवार्ड कार्यक्रम अपेक्षा गरे अनुरुप सफल भएको बताए ।
प्रायोजक कैलाली हस्पिटलका अध्यक्ष जनकराज जोशीले स्पोर्ट्स अवार्ड कार्यक्रमबाट आफू निकै उत्साहित भएको र आगामी दिनमा पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
विशेष अटोमोवाईल्सका प्रवन्ध निर्देशक पुष्कर ओझा, निसर्ग हस्पिटलका अध्यक्ष तिर्थ पन्त, माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावद, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबुराजा श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्द, निर्माण व्यवसायी संघका महासचिव दिनेश सिंह, ड्रिम ग्रुप अफ म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र हमाल, पत्रकार दिर्घराज उपाध्याय, सारथी हस्पिटलका अध्यक्ष वेद जोशी, न्यु तुल्सी फोर ह्वीलका दिपक अधिकारी लगायतले अवार्ड कार्यक्रम सफल रहेको चर्चा गरे ।
सो अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले अवार्डको दोस्रो संस्करणका लागि अहिलेदेखि नै तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार