१२ श्रावण २०८१, शनिबार

ब्राउन सुगर सहित पाँच पक्राउ



धनगढी । कैलाली प्रहरीले लागू औषध ब्राउन सुगर सहित पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा अदालत रोडबाट ब्राउन सुगरसहित एक महिला र चार जना पुरुषलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले शनिबार राति जिल्ला अदालत पछाडिको खाली जमिनमा केही ब्यक्तिहरुले लागू औषध (खैरो हेरोईन) को कारोबार गरी रहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) दक्षकुमार बस्नेतका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र वडा नम्बर ४ की २० वर्षीया अस्मी ढुंगाना रहेका छन् ।
प्रहरी नायव उपरीक्षक बस्नेतले प्रहरीले उनीहरुबाट तीन ग्राम ३४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार