११ श्रावण २०८१, शुक्रबार

जेष्ठ नागरिकहरुको हेरचाहका लागि स्वयम्सेवकहरुलाई तालीम



धनगढी । जेष्ठ नागरिकहरुको हेरचाहका लागि फाया नेपालले स्वयम्सेवकहरुलाई तालीम दिएको छ ।

Image may contain: 22 people, people smiling, people standing and indoor
फायाले नेपालमा विपद उत्थानशील प्रयासहरुबाट जोखिमपूर्ण समुदायको पूर्वतयारी स्थिति निर्माण (आइडिआर) परियोजना अन्तरगत धनगढीको १०, १५ र १८, गोदावरीको १ र १० र गौरीगंगाको १ र ७ नम्बर वडाका स्वयम्सेवकहरुलाई तालीम दिएको हो ।
सोमबार र मंगलबार धनगढीमा आयोजित तालीममा फायाका कार्यकारी निर्देशक धर्मराज पाठक, पूर्वअध्यक्ष शेरबहादुर बस्नेत, कार्यक्रम संयोजक मिनबहादुर हुड्के र सशस्त्र प्रहरी सहायक निरीक्षक किसन टेरले तालीम दिएका थिए ।
सहभागीहरूलार्इ कार्यकारी निर्देशक पाठकले तालीम लिएकाे प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रम संयोजक हुड्केले स्वयम्सेवकहरुले तालीमबाट विपद् पूर्वतयारी कार्ययोजना समेत बनाएको बताए । उनले जेष्ठ नागरिकहरुलाई हेरचाहका लागि फायाले आयआर्जन बृद्धिका लागि समेत काम गर्दै आएको बताए ।

Image may contain: 7 people, people sitting and indoor

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार