१२ श्रावण २०८१, शनिबार

जनप्रतिनिधिका लागि योजना तर्जुमा तालिम



धनगढी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरूका लागि सञ्चालित योजना तर्जुमा, राजश्व, अनुगमन तथा न्यायिक विषयक प्रशिक्षण कार्यक्रम सोमबार धनगढीमा समापन भएको छ ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित सो तालिम तीन दिनदेखि सञ्चालन भएको थियो । तालिममा सुदूरपश्चिम प्रदेशका स्थानीय तहका उपप्रमुख÷उपाध्यक्षहरूको सहभागिता रहेको थियो ।
तालिम समापनका अवसरमा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन बन तथा वातावारण मन्त्री आवश्यक ज्ञानसीपको कमीका कारण कतिपय स्थानीय तहका उपप्रमुख÷उपाध्यक्षले अपेक्षा गरे अनुरुप काम गर्न नसकेको चर्चा गरिन् ।
तालिममा सहभागी धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले तालिमले योजना तर्जुमा, राजश्व, अनुगमन तथा न्याय सम्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्– सबै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेकोले एकअर्काको अनुभव साट्ने तथा राम्रा अभ्यासका साथै समस्या र चुनौतिबारे छलफल गर्ने अवसर प्राप्त भएको छ ।
तालिमका अवसरमा सुदूरपश्चिम प्रदेशमा स्थानीय तहका उपप्रमुख÷उपाध्यक्षहरूको सञ्जाल बनाउनेबारे छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार