२ असार २०८१, शनिबार

पूर्वाधार व्यवस्थापन प्रणाली प्रभावकारी बन्दै



धनगढी । धनगढी उपमहानगरपालिकाले सुरु गरेको पूर्वाधार व्यवस्थापन प्रणाली (आईएमएस) प्रभावकारी देखिएको छ ।

उपमहानगरपालिकाद्वारा सञ्चालित विकास निर्माण योजनाहरुको अनुगमनका लागि यो प्रणली प्रभावकारी बनेको उपमहानगरपालिकाको सूचना प्रविधि शाखाले जनाएको छ ।
सूचना प्रविधि शाखाका अनुसार आईएमएस प्रणालीले विकास निर्माण योजनाको जानकारी, गुणस्तर, योजनाको प्रभावकारिता, भौतिक र वित्तीय प्रगतिबारे नागरिकबाट जानकारी प्राप्त भइरहेका छन् ।
उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले आईएमएस प्रणालीले सुशासन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने– आम नागरिकले विकास निर्माण योजनाको बारेमा निगरानी गर्न पाउने भएकाले जनप्रतिनिधिहरुलाई योजनाको अनुगमन, मूल्यांकन तथा निरीक्षणमा सहज भएको छ ।
धनगढी उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत सुयश चन्दले नागरिकबाट प्राप्त सुझाव तथा गुनासाका आधारमा काम भइरहेको बताए ।
धनगढीमा योङ्ग इनोभेसनको प्राविधिक सहयोगमा पूर्वाधार व्यवस्थापन प्रणाली सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार