१२ श्रावण २०८१, शनिबार

निःशुल्क स्वास्थ्योपचार सेवा प्रदान गरिदै



धनगढी । डोटी जिल्ला अस्पतालले जेष्ठ नागरिक, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति तथा महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिने भएको छ ।
डोटी जिल्ला अस्पताल व्यवस्थापन समितिको बैठकले ज्येष्ठ नागरिक, एकल महिला, ‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचार सेवा दिने निर्णय गरेको जनाइएको छ ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष यज्ञराज जोशीले उपचारका लागि आउने जेष्ठ नागरिक, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति तथा स्वास्थ्य स्वयंसेविकालाई नाम दर्ता, चिकित्सा तथा भिडियो एक्सरे र प्रयोगशाला सेवामा कुनै शुल्क नलिने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार