१० श्रावण २०८१, बिहीबार

पहाडी जिल्लामा भारी हिमपात चिसो निकै बढ्यो, दुई दिन वर्षा हुने सम्भावना



धनगढी । पश्चिमी न्युनचापीय वायुको प्रभावले बिहीबार रातिदेखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात भइरहेको छ । भने शुक्रबार बिहानदेखि सबै जिल्लामा वर्षा भइरहेको छ । कैलाली र कञ्चनपुरमा शुक्रबार दिनभरी वर्षा भएको छ ।


सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूको उच्च लेकाली र हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको स्थानीयले बताएका छन् । लगातारको हिमपात र वर्षासंगै अत्यधिक चिसो बढेको छ । जल तथा मौसम अनुमान महाशाखाका अनुसार धनगढीमा शुक्रबार दिनभर ६५ र दिपायलमा ३२ मिलिलिटर वर्षा भएको छ ।
हिमपातका कारण भीमदत्त राजमार्ग लगायत प्रदेशका विभिन्न सडकहरू अवरुद्ध भएका छन् । भिमदत्त राजमार्गको डडेल्धुरामा सडकमा बाक्लो हिउका कारण यातायात अवरुद्ध भएको छ । बझाङको वित्थडभिरमा पनि यातायात अवरुद्ध भएको छ । शुक्रबार बिहानैदेखि सवारी साधन सञ्चालन नआएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
बिहीबार रातिदेखि भएको हिमपातले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा जनजीवन प्रभावित भएको छ । चिसो एकाएक निकै बढेको स्थानीयले बताएका छन् ।
दार्चुलाको अपिहिमाल, दुम्लिङ र ब्यास क्षेत्रमा अत्यधिक हिमपात भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कु“वरले अनुमोदनलाई बताए । सहायक प्रमुख जिल्ला अधिकारी कुवरले हिमपातका कारण गोकुलेश्वरमा यातायात अवरुद्ध भएको बताए ।
यसैगरी बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे र बैतडी–दार्चुला सडक खण्डको सतबा“झमा हिमपातका कारण सडक यातायात अवरुद्ध भएको छ । डडेल्धुराको हगुल्टे र साहुखर्कमा बढि हिमपात भएपछि पहाडी जिल्ला जोड्ने यातायात बन्द भएको बताइएको छ । बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले गर्दा इन्टरनेटलगायतका सञ्चार सेवामा समेत अवरुद्ध भएका छन् भने हिमपातले लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्न असहज भएको छ ।
बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बझाङमा दुई फिटसम्म हिउ“ परेको बताए । उनले शुक्रबार रातभर हिउ परेमा अवस्था कष्टकर हुने बताए । उनले वित्थडचिरमा हिमपातका कारण रोकिएका गाडीलाई वित्थड बजारमा ल्याउने प्रयास भइरहेको बताए । प्रजिअ पाण्डेले हिमपात निरन्तर जारी रहे पनि बाटो खुलाउने प्रयास भइसकेको बताए । उनले साइपालमा सबैभन्दा बढि हिमपात भएको बताए ।


बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले शुक्रबार बिहानबाट हिमपात हुदा खोड्पे, न्वाराबेली, बझाङ सीमानामा सडक अवरुद्ध हुनुका साथै सञ्चार सेवा समेत अवरुद्ध भएको बताए ।
र्बैतडीमा हिमपातका कारण समुद्री सतहबाट एक हजार सातसय मिटरमाथिका प्रायः डा“डा हिउले ढाकिएका छन् । हिमपातका कारण बैतडी–बझाङको सडकमा फसेका यातायात साधन शुक्रबार अपरान्ह हिउ सफा गरेर निकालिएको छ ।
हिमपातले अबरुद्ध भएको जयपृथ्वी मार्गमा पर्ने बझाङको स्याडीमा अलपत्र परेका यात्रुको उद्दार गर्न बाटो खोल्ने तयारी भईरहेको जनाइएको छ ।
शुक्रबार बिहान बैतडीको खोड्पे, दुदिलाखान, श्रीभावर, सतबाझ, र अनारीखोलीमा बाक्लो हिमपात भएको छ । बैतडीको खोड्पे र श्रीभावरमा चार फिटसम्म हिउ परेको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले बझाङका १२ स्थानीय तहमध्ये साईपाल, वित्थडचिर र सुर्मा गाउपालिका तथा बुंगल नगरापालिकामा बढि हिमपात भएको बताए ।

सुदूरपश्चिमको खप्तड, बडिमालिका, साइपाल, अपिनाम्पा क्षेत्र र कर्णालीको हुम्ला, जुम्ला, डोल्पा लगायतका क्षेत्रमा समेत भारी हमपात भएको छ । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल खप्तड राष्ट्रय निकुञ्जमा बुधबार रातिदेखि नै हिमपात सुरु भएको छ । बुधबार रातिबाट हिमपात भैरहेको र त्यहाको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरुगोरख गुल्मका गुल्मपति सेनानी गोविन्द घिमिरेले बताए । “बुधबार सांझदेखि नै अत्यधिक चिसो बढेको छ’ उनले भने– बेलाबेला हिमपात पनि भैरहेको छ । अझै बाक्लो हिमपात हुने सम्भावना छ ।
उनका अनुसार बुधबार राति त्यहाको तापक्रम माइनस चार डिग्रीसम्म झरेको थियो । यसअघि दुई हप्ताअघि पनि खप्तडमा हल्का हिमपात भएको थियो । यस वर्ष खप्तडमा दोस्रो पटक हिमपात भएको हो । खप्तड राष्ट्रिय निकुञ्जका निर्देशक गोपालप्रसाद भट्टराईले खप्तडको सञ्चार सेवा समेत अवरुद्ध भएको बताए ।
बाजुराको बडीमालिका, बुढिनन्दा, हिमाली, गौमुल गाउपालिका, त्रिबेणी, खप्तड छेडेदह, स्वामीकार्तिक खापर, जगन्नाथका लेकाली भेगमा भारी हिमपात भएपछि वस्तुभाउ घासको समेत समस्या भएको स्थानीयले बताए । बाजुरा जिल्लाको हिमाली गाउपालिकाको गुम्बा, बडिमालिका नगरपालिकाको ढम्कने, बुढिनन्दा नगरपालिकाको पाण्डुसैन क्षेत्रका केही विद्यालयमा अत्याधिक चिसोका करण विद्यार्थी अनुपस्थित हुने गरेको बडिमालिका नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए ।
हिमपालतका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टि सडकखण्डमा पर्ने बडिमालिका र बुढिनन्दा नगरपालिकाको पोरखे लेकमा हिमपालत हुँदा त्यो क्षेत्रमा चल्ने जीप सेवा बन्द भएको छ । सेवा बन्दा हुँदा यात्रुहरू सदरमुकामक मार्तडीमा अलपत्र परेका छन् ।
डोटीकोे खप्तड क्षेत्रको झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी भागमा हिमपात भएपछि चिसो बढेको छ । चिसो बढेसँगै गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै जोडिएको पूर्वीचौकी गाउपालिकाका स्थानीय जोगीसिंह विष्टले बताए ।
हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको ध्वजबहादुर विष्टले जनाए । हिमपातले चिसो बढेसँगै वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् ।
इरान, अफगानिस्तान, पाकिस्तान, जम्मु–कस्मिर हुँदै सुदूरपश्चिम हुँदै नेपालमा बुधबार साँझ न्युन चापीय वायु नेपाल प्रवेश गरेको हो । न्युन चापीय वायुका कारण पश्चिमका उच्च पहाडी र हिमाली भू–भागमा हिमपात शुरु भएको हो ।
यस प्रणालीका कारण देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा वर्षा भइरहेको छ । हिमपात र वर्षाको कारण चिसो अत्यधिक बढेको छ ।
जल तथा मौसम अनुमान महाशाखाले बुधबारबाट शुरू भएको यो मौसमी प्रणाली आइतबारसम्म रहने जनाएको छ ।

किसान खुशी
वर्षापछि हिउँदमा लामो समयपछि वर्षा भएकाले हिउदेबाली सप्रिने भन्दै किसान खुशी भएका छन् ।
यसबेलाको वर्षाले गहु, जौ लगायतका अन्नबाली, तरकारी फलफूललाई राम्रो गर्ने भएपछि किसानहरू खुशी भएका हुन् । सुदूरपश्चिम कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले कात्तिकमा लगाएको गहुबाली लामो समयसम्म पानी नपर्दा सिचाई गर्नुपर्ने अवस्थामा वर्षा भएको बताए ।
“पानी नपरेका कारण गहु लगाउन पाएका थिएनौं । ढिलोगरी पानी परे पनि केही राहत भएको छ’ गौमुल गाउपालिका वडा नम्बर ६ का किसान प्रेम बिकले भने– पानी नपरेका कारण बीउ उम्रेको थिएन ।
सिचाई नहुदा गहु बाली नलगाएका किसानलाई राहत भएको बडिमालिका नगरपालिका वडा नम्बर २ का किसान बीरबहादुर महतले बताए । यो वर्षाले अन्नवाली, फलफूल र तरकारी लगायत किसानलाई फाइदा पुगेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रशाद जैशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार