१२ श्रावण २०८१, शनिबार

एक सय थान न्यानो कपडा सहयोग



धनगढी । निसर्ग अस्पताल प्रालीका अध्यक्ष तिर्थ पन्तले एक सय थान न्यानो लुगा सहयोग गरेका छन् ।


रोयल कोल्याबोरेटिभ्सले संचालन गरेको आपतकालिन लुगा घरको लागि अध्यक्ष पन्तले उक्त लुगा सहयोग गरेका हुन् । चिसो बढी रहका बेला सानो सहयोगले न्यानो कपडाको सेवा पाउन् भनेर कपडा दान गरेको अध्यक्ष पन्तले बताए ।
रोयल कोल्याबोरेटिभ्सले आपतकालिन लुगा घरका लागि लुगा जम्मा गर्नका लागि धनगढीका बिभिन्न स्थानमा डोनेसन बक्स राखेका छन् । चिसोमा प्रयोगमा आउने लत्ताकपडा सहयोग गरेको भन्दै रोयल कोल्याबोरेटिभ्सका अध्यक्ष गजेन्द्र शाहीले धन्यवाद तथा आभार प्रकट समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार