११ श्रावण २०८१, शुक्रबार

जंगलमा बन्दुक बरामद



बैतडी । लगातार एक महिनादेखि चोरीको घटना भईरहेको बैतडीको दशरथचन्द नगरपालिका– ९ स्थित ग्वाल्लेकको जंगलबाट प्रहरीले बन्दुक बरामद गरेको छ । दशरथचन्द नगरपालिका–२, देहिमाण्डौंको सो जंगलबाट प्रहरीले मंलबार कपडाले बेरेर राखिएको सो बन्दुक बरामद गरेको हो ।


जंगलमा घा“स काट्न गएका महिलाहरुले बन्दुक देखेपछि प्रहरीलाई खबर गरेका थिए । बन्दुक राख्ने मानिसबारे थाहा हुन नसकेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
यसअघि ग्वाल्लेकमा दिनहु“जसो श्रृंखलाबद्ध रुपमा चोरीका घटना भएका प्रहरीले जनाएको छ । कात्तिक १० गतेदेखि हालसम्म स्थानीयका १७ घर तथा पसलबाट चोरी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । एउटा बोर्डिङ स्कुलको ताला तोडेर कागजपत्रमा आगजनी समेत गरिएको छ । यस्तै मावि लमौता नजिकै रहेको प्रसुती सेवा केन्द्रको ढोकामा चोरहरुले तोडफोड गरेका छन् ।
ग्वाल्लेकमा चोरीका घटना बढ्दै गएपछि प्रहरी सहायक निरीक्षक अम्बादत्त जोशी नेतृत्वमा जिल्ला प्रहरी कार्यालयवाट १६ जना प्रहरीको टोली सो क्षेत्रमा खटाएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए । घटना चोरी गर्ने उद्देश्यले नभई आतंक मच्चाउने हिसाबले भइरहेको प्रवक्ता विष्टको भनाई छ ।
प्रहरीले सादा पोसाकमा गस्ती गरिरहेको जनाइएको छ । चोरीका घटना बढ्दै गएपछि राती १० बजेपछि गाउ“मा हिडडुल गर्न रोक लगाइएको छ । शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखेर राती हिडडुल गर्ने कार्यमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार