१२ श्रावण २०८१, शनिबार

मानव विकास प्रतिवेदनमाथि छलफल



धनगढी । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि) ले मानव विकास प्रतिवेदन २०१९ बारे मंगलबार सुदूरपश्चिम प्रदेशका सरोकारवालाहरुसंग छलफल गरेको छ ।

युएनडिपिले विश्वभर गरेको मानव विकास सम्बन्धी अध्ययनको विषयमा मंगलबार धनगढीमा एक कार्यक्रम आयोजना गरी सो प्रतिवेदनको विषयमा छलफल गरेको हो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पुरानो मानसिकता र संरचनाका कारण विकासले तिब्र गति लिन नसकेको बताए ।
उनले सुदूरपश्चिम प्रदेश विकासमा गति लिन चाहेको भए पनि पुरानो समस्याहरुलाई पन्छाउदै अगाडि बढ्नु पर्ने भएकाले गति तिब्र हुन नसकेको बताए । उनले भने– मानव विकासलाई माथि उठाउन शिक्षा आवश्यक पर्छ । शिक्षा लिनका लागि स्थरीय शिक्षालय बनाउन भौतिक संरचना तथा विद्यालय सञ्चालन गर्न जरुरी छ ।
विगतमा पछि पारिएका प्रदेशहरुको मानव विकासका लागि सरकारले पहिलो प्राथमिकता दिएर पछाडि पारिएको क्षेत्रको भौतिक संरचनाको विकास गर्नुपर्ने मुख्यमन्त्री भट्टले दोह¥याए । उनले आम नागरिकको आयस्तर बृद्धि भएमा मात्रै समग्र प्रदेश र मानव विकास हुन सक्ने बताए ।
कार्यक्रममा मानव विकास प्रतिवेदनमा समेटिएका विभिन्न सुचकहरु प्रस्तुत गरिएको थियो । सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक यज्ञराज पाठक, विजया जोशी र रामबहादुर चन्द, अधिवक्ता जानकी तुलधर तथा पत्रकार चित्रांग थापासहितको सहभागितामा बहस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार