१२ श्रावण २०८१, शनिबार

ग्रेटर नेपालको नक्सा छैन– सभापति बिडारी



धनगढी । राष्ट्रिय सभाको प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिका सभापति रामनाराण बिडारीले ग्रेटर नेपालको नक्सा कुनै पनि नेपाली निकायसित नभएको बताएका छन् ।


भारतले नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालको बिरोध शुरु भएपछि आफु सहित समितिका सदस्यहरु बिभिन्न आधिकारिक सरकारी निकायमा गई सरकाबाट पुष्टि भएको आधिकारिक नेपाली नक्सा खोज्दा नभेटिएको सभापति बिडारीले बताएका हुन् ।
मंगलबार धनागढीमा समितिले सुदूरपश्चिम प्रदेश सभाका सभामुख, बिभिन्न बिषयगत समितिका सभापतिहरु, प्रदेश सभाका सदस्यहरु तथा प्रदेश सरकारका प्रतिनिधिहरुसित प्रत्यायोजित कानूून र समितिको कार्यक्षेत्र बारे जानकारी दिदै उनले नापी बिभाग, राष्ट्रिय अभिलेखालय लगायत नेपालका पुराना पुस्तकालयमा समेत आधिकारिक नक्सा नभेटिएको उनले बताए ।
उनले आधिकारिक नक्सासंगै सन् १९५० को सन्धी खोज्दा समेत नेपालका यी सबै आधिकारिक निकायहरुमा नपाइएको बताए । दस्तावेज खोजी गर्दा नपाइएपछि परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, भूमि ब्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल नापी भिागका महानिर्देशक सहित सम्बन्धित कर्मचारीलाई समितिमा बोलाएर सोधिएपछि उनीहरुले भारतको कोलकातामा रहेको तत्कालीन इष्ट इण्डिया कम्निीको पुस्तकालयमा रहेको र त्यहाँबाट मगाउने प्रयास शुरु भएको जानकारी दिएको समेत उनले बताए ।
सो अवसरमा उनले सुदूरपश्चिम प्रदेश सभालाई पनि सुदूरपश्चिम प्रदेशमा भएका राष्ट्रिय महत्वका दस्तावेज खोजी गर्न सुझाव दिए । प्रत्यायोजित कानूनका बारेमा भएको महत्वपूर्ण छलफलमा बोलाइएका अधिकांश प्रदेश सभा सदस्य तथा बिषयगत समितका सभापतिहरु अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार