१२ श्रावण २०८१, शनिबार

ब्राउनसुगरसहित तीन पक्राउ



धनगढी । कैलाली प्रहरीले ब्राउन सुगर सहित तीन जनालाई आईतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) दक्षकुमार बस्नेतले अस्थायी प्रहरी पोष्ट चटकपुरबाट असई गजेन्द्र चन्दको नेतृत्वमा रहेको प्रहरी टोलीले धनगढी ३ मा रहेको भद्रकाली अटोमोबाईल्सका संचालक २५ वर्षीय अनिल बिष्ट सहित तीन जना पक्राउ गरेको बताए ।


उनले पक्राउ परेकाहरूको साथबाट तीन पोका ब्राउन सुगर समेत फेला पारेको जानकारी दिए । अनिलले भारतीय बजारबाट ब्राउन सुगर खरिद गरेर नेपालमा ल्याई आफनै पसलबाट स–सानो पोका बनाएर विक्री गर्ने गरेको जानकारी आएपछि प्रहरीले निगरानी बढाएको डिएसपी बस्नेतले बताए ।
अनिलसंगै पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का २३ वर्षका सुशील थापा र वडा नम्बर २ रामजानकी टोलका २७ वर्षका गोविन्द विष्ट रहेको डिएसपी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार