१२ श्रावण २०८१, शनिबार

संसदीय पत्रकारिता कार्यशाला



ठाकुरद्वारा /बर्दियाको ठाकुरद्वारामा सञ्चालन भएको संसदीय पत्रकारितासम्बन्धी कार्यशाला आइतबार समापन भएको छ । कार्यशालामा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ का २४ जना पत्रकारहरूको सहभगिता रहेको थियो ।


युएनडीपी, संसद सहयोग परियोजनाको सहयागमा सञ्चार प्रतिष्ठान नेपाल, कैलालीद्वारा आयोजित कार्यशालामा विश्व तथा नेपालमा संसदीय अभ्यासको इतिहास र विकासक्रम, संसदीय रिपोर्टिङका सैद्धान्तिक तथा व्यवहारिक पक्ष, कानून निर्माण प्रक्रिया, संसदीय पत्रकारिताको अवस्था र चुनौति, खोज पत्रकारिता र संसदीय पत्रकारिताका मुद्दाहरू, संसद र नागरिकबीच संवादको संस्कृति विकासका लागि मिडियाको भूमिका लगायतका विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यशाला समापनका अवसरमा प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउ“लेले प्रदेशमा संसदीय रिपोर्टिङका लागि निकै मुद्दा रहेको चर्चा गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था बलियो र जनमुखी बनाउन संसद प्रभावकारी हुनुपर्ने बताए ।
प्रशिक्षक तथा बरिष्ठ पत्रकार हरिबहादुर थापाले शासनलाई स्वेच्छाचारी बन्नबाट रोक्नका लागि मिडियाले अझ बढि गम्भीर भएर वस्तुनिष्ठ रिपोर्टिङ बृद्धि गर्नुपर्ने बताए ।
कार्यक्रममा युएनडीपी, संसद सहयोग परियोजनाका संसद मामिला अधिकृत पार्वति भण्डारी, संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापा, नेपाल पत्रकार महासंघका पूर्व उपसभापति चित्राङ्ग थापा, पत्रकारहरू प्रेम चौधरी, टंक कुवर लगायतले मन्तव्य व्यक्त गरेका थिए । ्
आयोजक संस्थाका अध्यक्ष मनमोहन स्वारले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन संसदीय मामिला पत्रकार समाज सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रकाशबिक्रम शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार