११ श्रावण २०८१, शुक्रबार

संसदीय पत्रकारिता कार्यशाला सुरु



बर्दिया । बर्दियाको ठाकुराद्वारामा शनिबारदेखि संसदीय पत्रकारिता कार्यशाला सुरु भएको छ । कार्यशालामा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश नम्बर ५ का समेत २४ जना पत्रकारहरूको सहभागिता रहेको छ । कार्यशाला आज (आइतबार) सम्म सञ्चालन हुने जनाइएको छ ।


युएनडीपी, संसद सहयोग परियोजनाकोे सहयोगमा सञ्चार प्रतिष्ठान नेपाल, कैलालीको आयोजनामा सुरु भएको कार्यशालाको शनिबार एक संक्षिप्त कार्यक्रमबीच नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउ“लेले उद्घाटन गरे ।
प्रदेश सभा र संसदीय अभ्यासका विविध पक्षबारे ज्ञानसीप प्रदान गर्ने, राज्य संरचना परिवर्तन पछिका रिपोर्टिङ अनुभव आदान प्रदान गर्ने तथा प्रदेश तथा स्थानीय सञ्चार गृहमा संसदीय मामिला स्थानीय शासनसम्बन्धी बिट रिपोर्टर तयार गर्न योगदान पु¥याउने ने उद्देश्यले आयोजित सो कार्यशालामा महासंघका पूर्व अध्यक्ष गाउ“लेले र बरिष्ठ पत्रकार हरिबहादुर थापाले सहजीकरण गरिरहेका छन् ।
कार्यशाला उद्घाटनका क्रममा पूर्व अध्यक्ष गाउ“लेले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय राज्य व्यवस्थालाई बलियो र जनमुखी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । उनले भने– प्रभावकारी संसदीय रिपोर्टिङले अहिलेको राजनीतिक प्रणालीलाई बलियो बनाउन योगदान पु¥याउनका साथै संसद र नागरिकबीच संवादको संस्कृति विकास गर्न टेवा पुग्ने बताए ।
कार्यक्रममा बरिष्ठ पत्रकार थापाले कुनै पनि कारणले संसद सुस्त हुदा सञ्चार क्षेत्रको सक्रियता बृद्धि गर्नुपर्ने बताए । उनले संसदभित्र जनताका चासो र सरोकारको उठानका लागि सञ्चार क्षेत्रले निरन्तर भूमिका निर्वाह गर्नुपर्ने चर्चा गरे ।
युएनडीपी, संसद सहयोग परियोजनाका संसद मामिला अधिकृत पार्वती कुमारी भण्डारीले संसदलाई जनतासंग जोड्न सञ्चार क्षेत्रले अझबढि वस्तुनिष्ठ भूमिका बृद्धि गर्नुपर्ने बताइन् । उनले संसदमाथि नागरिक निगरानी बृद्धि गर्न सञ्चार क्षेत्रले सन्तुलित भूमिका आवश्यक रहेको बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व उपसभापति चित्राङ्ग थापा, संसदीय पत्रकार समाज प्रदेश नम्बर ५ का अध्यक्ष बिष्णु घिमिरे, कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापा र सुदूरपश्चिम प्रदेशका महासचिव गोविन्द रोस्याराले कार्यशालाले प्रदेश तथा जिल्लामा संसदीय रिपोर्टिङ प्रभावकारी बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष मनमोहन स्वारको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन संसदीय मामिला पत्रकार समाज सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाशबिक्रम शाहले गरेका थिए ।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा नेपालमा संघीयताको अर्थ र महत्व, अभ्यास तथा चुनौति, संसदीय रिपोर्र्टिङका सैद्धान्तिक तथा व्यवहारिक पक्ष, प्रदेशसभा र संसदीय अभ्यासमा मिडियाको प्रस्तुति र कमजोरी, प्रदेश सभामा विधेयक निर्माण प्रक्रिया, संसदीय समिति र कामकारबाही तथा संसदमा खोज पत्रकारिता लगायतका विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार