१२ श्रावण २०८१, शनिबार

लैंगिक हिंसा विरुद्धको १६ अभियान, सडक नाटक तथा अन्तक्र्रिया



सुखड/लैंगिक हिंसा विरुद्धको १६ अभियान अन्तर्गत शुक्रबार कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ मा सडक नाटक तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष गीता सोडारी, गौरीगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारी, वडा सदस्य गोमा भण्डारी, लगायतले महिलामाथि भइरहेको हिंसा तथा विभेदको अन्त्यका लागि समाजका सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गरे । गौरीगंगा नगरपालिका, ओरेर नेपाल कैलाली र दलित महिला अधिकार मंच कैलालीको संयुक्त आयोजनामा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार