१२ श्रावण २०८१, शनिबार

सिमा विवादमा सरकारको भूमिका शंकास्पद– माओवादी केन्द्र



धनगढी । गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले सिमा विवादको विषयमा नेपाल सरकारको भूमिका शंकास्पद रहेको आरोप लगाएको छ । केन्द्रले सरकारले सिमा विवादमा मौन विरोध गरेर प्रकारान्तरले समर्थन गरेको आरोप लगाएको छ ।


भारतले जारी गरेको नया“ नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरेकोमा सरकारले भाषणबाहेक अन्य कुनै काम गर्न नसकेको केन्द्रको आरोप छ ।
‘नेपाली भूमि फिर्ता गराउन नेपाल सरकारलाई सचेततापूर्वक चेतावनी दिँदै आएका छौं’ बिहिबार धनगढीमा प्रेस सेन्टर र नेकपा (माओवादी केन्द्र) को संयूक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा केन्द्रका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज रंगनाथ ढकालले भने– यदि देशमाथिको हस्तक्षेपलाई मौन समर्थन गर्छ भने आन्दोलन अघि बढाइन्छ ।
उनले यहि मंसिर १४ गते हुने उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको बताए । सरकारसमक्ष असोज ३ गते बुझाएको १८ बु“दे माग पूरा नभएको भन्दै उपनिर्वाचन बहिष्कार गर्ने निर्णय भएको पार्टीका उनले बताए ।
उनले सरकारले संविधानले प्रदान गरेको राजनैतिक, सामाजिक, नागरिक अधिकारमाथि हस्तक्षेप गर्दै समाजवाद निर्माण प्रक्रियामा अवरोध सिर्जना गरिररहेको आरोप लगाए ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य लोकराज जैशीले सरकारले गर्न लागेको उप–निर्वाचनलाई बहिष्कार गर्ने रणनीति अनुसार नै विरोध कार्यक्रम अगाडि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार