११ श्रावण २०८१, शुक्रबार

घोडाघोडीमा लवाङ्गी पुजा तथा सांस्कृतिक महोत्सव सुरु



वीरेन्द्र शाह/सुख्खड । घोडाघोडी नगरपालिकामा पर्ने घोडाघोडी मन्दीर परिसरमा बिहीबारदेखि लवाङ्गी पुजा तथा सांस्कृतिक महोत्सव २०७६ शुरु भएको छ ।

महोत्सवको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा नगरप्रमुख चौधरीले थारु समुदायको कला संस्कृति रहनसहन जोगाउन सबैमा आग्रह गरे ।

घोडाघोडी पर्यटन क्षेत्रको विकास, थारु परम्परा, कला, संस्कतिको संरक्षण तथा संवद्र्धनमा टेवा पु¥याउन महोत्सव आयोजना गरिएको आयोजकले बताएका छन् ।
उद्घाटन कार्यक्रममा थारु समुदायको गुरुवाहरुद्वारा नाचिने बड्का नाच, महिलाहरुद्वारा सामुहिक रुपमा नाचिने सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिननचुवा नाच, धमार, मांगर प्रस्तुत गरिएको थियो ।
महोत्सवमा थारु समुदायले उत्पादन गरेका सामग्री, झा“की, कलाकारको प्रस्तुती, थारु समुदायका मौलिक भेषभूषा आदिको प्रदर्शनी रहने आयोजक संस्था घोडाघोडी तथा संस्कृति संरक्षण समाजले जनाएको छ ।
घोरीघोरा मन्दिरलाई थारु समुदायको कुल देउताको रुपमा मानिन्छ ।
थारु संस्कृति पहिचानको लागि “हमार संस्कृति हमार पहिचान, थारु संस्कृति जोगाई पर्ना हमार अभियान’ भन्ने ाराका साथ आगामी १५ गते विवाह पञ्चमीसम्म संचालन हुने आयोजकले जनाएको छ ।
कुल देउताको रुपमा प्राचीनकालदेखि नै मनाउँदै आइरहको लवाङ्गी पुजाले सामाजिक सदभावका साथै पुर्खाहरुले विगतका समयमा पुजा गर्ने विधि विधान र घोरीघोरा देउथनुवाको धार्मिक मान्यतालाई बैधानिकता दिनका लागि प्रत्येक वर्ष मनाउदै आइरहेको परम्परागत रिती रिवाज र संस्कृति संरक्षणवाट आफ्नो पहिचानका साथै सामाजिक परिचयको महत्ववारे एकतावद्ध गर्नका लागि यस वर्ष पनि पुजा सञ्चालन हुने आयोजकले जनाएको छ ।
थारु परमपरा अनुसार वर्षभरी गरिएको खेती र जिवन रक्षाको लागि सामुहिक रुपमा आफ्नो कुल देउतालाई उत्पादन भएको अन्न र जिवन रक्षाको लागि थारु रितिअनुसार सामुहिक रुपमा बलि चढाएर मात्र नयाँ अन्न खाने प्रचलन थारु समुदायमा अहिलेसम्म चलिआएकोे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार