१२ श्रावण २०८१, शनिबार

रक्तदाता समाजको बैठक



धनगढी । नेपाल स्वयंसेवी रक्तदाता समाजको कन्द्रिय बैठक सोमबार टीकापुरमा भएको छ । कैलाली जिल्ला शाखाको आतिथ्यमा समाजको बैठक भएको हो ।


बैठकले रगको व्यवस्थापनमा देखिएका कमिकमजोरी र अगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा प्रधानमन्त्रीलाई १८ बुँदे ज्ञापन पत्र बुझाउने निर्णय समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले जानकारी दिए ।
सो अवसरमा टिकापुर नगरपालिकाले नगरबासीका लागि आवश्यक पर्ने रगत र रक्ततत्व निशुल्क उपलब्ध गराउने निर्णय समेत गरेको छ । उक्त निर्णय गरेको भन्दै समाजका अध्यक्ष कर्मचार्यले टिकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावललाई सम्मान गरेका छन् ।
यसैगरी, देवदह नगरपालिकाले पन नगरबासीका लागि आवश्यक पर्ने रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार