१२ श्रावण २०८१, शनिबार

प्रहरी हिरासतमा चालकको मृत्यु



डोटी । डोटीमा प्रहरी हिरातमै चालकको रहस्यमय मृत्यु भएको छ । जिल्लाको जोरायल गाउ“पालिका वडा नम्बर ४ घर भएर कैलालीको गोदावरीमा बस्दै आएका २१ वर्षीय गाडी चालक गणेश पालीको घण्टेश्वर प्रहरी चौकीमा हिरासतमा मृत्यु भएको बताइएको छ ।
डडेल्धुराको गांखेत जाने सडकको बीचमा गाडी रोकेपछि प्रहरीले आईतबार दिउ“सो थुनामा लिएको बुझिएको छ । थुनामा लिएको केही घण्टामै उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक दिलिपसिंह देउवाले नियन्त्रणमा लिएका गणेश शौचालयबाट फर्किने क्रममा लडेको र उपचारका लागि डडेल्धुरा लैजादै गर्दा मृत्यु भएको बताए ।
उनले पालीले मदिरा समेत सेवन गरेको पाईएको समेत बताए । पाली डोटीको गैराका उद्धव सिह सेठीको से १ ज २९२ नम्बरको जीपका चालक हुन् । उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार