अँगालो हालेर घनश्यामलाई चक्रपाणिको स्वागत
काठमाडाैं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गरेका छन्।

बिहीबार दिउँसो सिंहदरबारमा मन्त्री भुसाल पदभार ग्रहणमा पुग्दा निवर्तमान मन्त्री चक्रपाणि खनाल पनि उपस्थित थिए। भुसालको कार्यकक्षमा खनालले अँगालो हालेर उनलाई स्वागत गरे।




