१२ श्रावण २०८१, शनिबार

इन्टरनेट सुविधा नहुँदा कामकाजमा समस्या



सुख्खड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ रतिपुरमा रहेको वडा कार्यालयमा इन्टरनेट सेवा नहुदा कामकाज गर्न समस्या भएको छ ।
इन्टरनेट सेवा नहुदा हातले लेखेर काम गर्नु पर्ने बाध्यता रहेको वडा कार्यालयले जनाएको छ । व्यक्तिगत घटना दर्ता सफ्टवेयरमा दर्ता गर्नु पर्ने भए पनि इन्टरनेट सेवा नहुदा आफुलाई काम गर्न समस्या भएको वडा सचिब हेमाकान्त सुबेदीले बताए ।
व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईसराई जस्ता घटना दर्ता अनलाईनको सफ्टवेयरमा दर्ता गर्नु पर्ने भएकाले इन्टरनेट सेवा नहुदा कागजी रुपमा गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
नगरपालिकाकाले केही दिन अगाडी इन्टरनेश सेवा वडा कार्यालयमा जडान समेत गरेको छ । तर इन्टरनेटले राम्रोसंग काम गरेको छैन । नगरपालिकाका सुचना प्रबिधि अधिकृत रामप्रसाद चौधरीले केही दिनमै वडा कार्यालयमा इन्टरनेश सेवा सुचारु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार