२७ मंसिर २०८१, बिहीबार

दुई युवतिको उद्दार



धनगढी । माईती नेपाल कैलालीले गौरीफन्टा नाकाबाट दुई युवतीको उद्दार गरेको छ । विवाह गर्ने प्रलोभन देखाएर भारत लैजादै गरेको अवस्थामा मंगलबार दुई युवतीको उद्दार गरिएको माईती नेपालले जनाएको छ ।
माईती नेपाल कैलालीका प्रमुख शिवचरण चौधरीले भारत लैजादै गरेको अवस्थामा गौरीफन्टा नाकाबाट बैतडीको सिगास गाउ“पालिकाकी २० वर्षीया र डोटीको सायल गाउ“पालिकाकी १८ वर्षीया महिलाको उद्दार गरिएको जानकारी दिए ।
बैतडीकी युवतीलाई बझाङका रमेश बोहराले विवाह गर्ने प्रलोभजन देखाएर बेचबिखनका लागि भारत लैजाने क्रममा उद्दार गरिएको माइती नेपालका कैलाली प्रमुख चौधरीले बताए ।
दुवैजनाको घर परिवारसंग सम्पर्क भईसकेकाले आफन्तको जिम्मा लगाईने माईती नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार