१० असार २०८१, आईतवार

स्थानीय सरकारको सवलीकरण सम्बन्धी छलफल



धनगढी । धनगढीमा आइतबार स्थानीय सरकारको सवलीकरणका लागि प्रदेश सरकारको सहकार्यात्मक भूमिकाबारे प्रदेश सांसद्हरुको सहभागिताा छलफल भएको छ ।


छलफलमा नेपाल सरकारका पूर्व सचिव मधु रेग्मीले प्रदेश सांसद्हरुले स्थानीय सरकारको उत्प्रेरक र समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने बताए । उनले स्थानीय तहमा मनोमानी बढेको भन्ने विषयलाई समाधान गर्न प्रदेश सरकारले भूमिका बढाउनु पर्ने बताए ।
कार्यक्रममा सहभागी सांसद्हरुले संघीय सरकारले संघीयताको मर्म अनुसार प्रदेश र स्थानीय तहहरुलाई अधिकार नदिएको गुनासो दोहोराए ।
छलफलमा सुदूरपश्चिम प्रदेश सभामा विधायन समितिका सभापति नेपालु चौधरी, प्रदेश सांसद्हरु महेशदत्त जोशी, बलबहादुर सोडारी, श्यामलाल राना, दुर्गा विक र शान्ति नेपाली लगायतले धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार