११ श्रावण २०८१, शुक्रबार

पाँचौ जेटी कप : उज्यालो, नाता र गणेश बाबा विजयी



बौनिया । बर्दगोरिया गाउँपालिका, मुडाबजारमा जारी पाँर्चौं जेटी कप क्रिकेटको बुधबारका खेलमा उज्यालो स्कूल लम्की, नाता स्कूल लम्की र गणेशबाबा विजयी भएका छन् ।


बुधबारको पहिलो खेलमा उज्यालो स्कुलले बौनियाको बालबाटिका स्कुललाई छ विकेटले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको बालबाटिकाले निर्धारित १५ ओभरमा नौ विकेट गुमाएर ८९ रन बनायो ।
प्रतिउत्तरमा उज्यालो स्कुलले १२ दशमलव चार ओभरमा चार विकेट क्षतिमा विजय लक्ष्य पुरा ग¥यो । उज्यालोका किरण बोगटीले २४ तथा सुरेश सुनारले २३ रन बनाए । सो खेलको म्यान अफ द म्याच उज्यालोका सुरेश सुनार बने ।
दोस्रो खेलमा लम्कीको नाता एकेडेमीले नमृुना स्कुल लम्कीलाई छ विकेटले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको नमुना स्कुल ११ दशमलव पांच ओभरमा ४४ रनमा अलआउट भयो । नमुना स्कु्ललाई झिनो रनस्कोरमा सिमित गर्न अहम् भूमिका निर्वाह गर्दै उज्यालोका निशान्त तिमिल्सिनाले ह्याट्रिक सहित चार तथा नविन कार्कीले तीन विकेट लिए ।
नाता एकेडेमीले ४५ रनको विजयी लक्ष्य नवौं ओभरमा चार विकेट क्षतिमा पुरा ग¥यो । खेलको म्यान अफ द म्याच नाताका निशान्त बने ।
बुधबारको अन्तिम खेलमा टीकापुरको गणेशबाबा स्कुलले लम्कीको पायनियर्स स्कुलमाथि ४६ रनले जीत प्राप्त गर्‍यो ।
टस जितेर पहिले ब्याटिङ गरेको गणेशबाबाले १५ ओभरमा आठ विकेट क्षतिमा ९४ रन बनायो । गणेशबाबाका सुवास रावलले २८ तथा विशाल पुनमगरले २० रन बनाए ।
९५ रनको विजयी लक्ष्यसहित ब्याटिङ गर्न आएको पायनियर्स ११ दशमलव एक ओभरमा ४८ रनमा अलआउट भयो ।
पायनियर्समाथि ४६ रनको जीत प्राप्त गर्ने क्रममा गणेशबाबाका राजेन्द्र खनालले तीन तथा विशाल पुनले दुई विकेट लिए । सो खेलमा गणेशबाबाका विशाल म्यान अफ द म्याच बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार