३० जेष्ठ २०८१, बुधबार

मानव अधिकारमैत्री नगरपालिका बनाउन अन्तरक्रिया



चौमाला । कैलालीको गौरीगंगा नगरपालिकामा स्थानीय तहमा मानव अधिकार प्रवद्र्धन तथा कार्यान्वयन परियोजना सम्बन्धी सरोकारवाला निकायसंग बुधबार छलफल भएको छ ।

गौरीगंगा नगरपालिका प्रमुख भिमबहादुर देउवाले जनतालाई मानव अधिकार र कर्तव्यको बारेमा तरंग पैदा गर्न समुदाय स्तरमा गई बुझाउन आवश्यक भएको बताए । नगर प्रमुख देउवाले एक वर्षभित्र मानव अधिकारमैत्री नगरपालिका बनाउन सबैको महत्वपुर्ण भुमिका रहेको बताए ।
गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीले गौरीगंगाका नागरिकहरूलाई प्रत्याभुत गराउनका लागी साझेदार संस्था एवम् नागरिकहरू संग मिलेर अगाडी बढ्ने बताए ।
गौरीगंगा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरि प्रशाद तिवारीले स्थानिय सरकारले जनतालाई दिने सेवा सुविधाका बारेमा जनताले थाहापाउन जरुरी भएको बताए । साथै मानव अधिकारको अनुभुती गराउन सबैले एकजुट हुन जरुरी भएको बताए ।
एफएमडिसीको आयोजनामा भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक उमीद बागचन्दले गौरीगंगा नगरपालिकालाई एक वर्षभित्र मानव अधिकारमैत्री बनाउन पहल भइरहेको बताए ।
विकास र परिवर्तनका लागी संचार अन्र्तगत कानव अधिकार सुदृढीकरण परियोजनाका कार्यक्रमका संयोजक गोविन्दनारायण उपाध्यायले परियोजनाको प्रस्तुतीकरण प्रस्तु गरेका थिए ।
एफएमडीसीका कार्यसमिती सदस्य निर्मला बागचन्दले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा आरटिआई अभियान्ता पवन बोगटीले मन्तव्य व्यक्त गरेका छन् ।
कार्यक्रम अफिसर तमन्ना नेपालीले संचालन गरेको कार्यक्रममा गैरीगंगा नगरपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नागरिक समाजका प्रतिनिधी, राजनितिकदलका प्रतिनिधी, उद्योगी, व्यवसायी, पत्रकार र सुरक्षकर्मिको हरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार