३० जेष्ठ २०८१, बुधबार

फूलबारी क्याम्पसमा तालाबन्दी



फूलबारी । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलवारीमा रहेको फूलबारी क्याम्पसमा तालाबन्दी गरिएको छ ।

क्याम्पसमा आर्थिक अनियमितता भएको, नयाँ निर्माण भएको भवनमा चरम लापरबाही र गुणस्तरहीन सामग्री प्रयोग गरिएको लगायतका आरोप लगाउदै मंगलबार क्याम्पसमा तालाबन्दी गरिएको छ ।
मंगलबार क्याम्पसका विद्यार्थीहरूले विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरे । विज्ञप्तीमा सात लाख रुपैयामा खरिद गरिएको भनिएको कमप्युटर खरीद गरेको भन्दै किर्ते कागजपत्र तयार गरेको र आर्थिक पारदर्शीता नदेखिएको उल्लेख छ ।
क्याम्पस प्रमुख यम पौडेलले क्याम्पसमा कुनै आर्थिक अनियमितता नभएको बताए । उनले विद्यार्थीहरूले गलत माग राखेर तालाबन्दी गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार