११ श्रावण २०८१, शुक्रबार

कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ



धनगढी । कुटपिटको आरोपमा कैलालीको मोहन्याल गाउ“पालिकाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको । मोहन्याल गाउ“पालिका वडा नम्बर ५ का वडाध्यक्ष छविलाल हौजालीमगरमाथि आफ्नै कार्यालयका एक महिला कर्मचारीमाथि हातपात गरेको आरोप लागेको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक हरिश भट्टले वडा कार्यालयका महिला कर्मचारीमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै वडाध्यक्ष हौजालीमगर विरुद्ध उजुरी परेकोले उनलाई पक्राउ गरिएको बताए।
वडाध्यक्ष हौजालीमगरले महिला कर्मचारीलाई कटुन्जेस्थित वडा कार्यालयको एक कोठामा थुनेर निर्घात कुटपिट गरेको पीडित महिलाले आरोप लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार