१२ श्रावण २०८१, शनिबार

जेसिज सप्ताहमा मैत्रीपूर्ण फुटसल



धनगढी । धनगढी जेसिजले आयोजना गरेको ‘जेसिज सप्ताह’ का क्रममा मंगलबार धनगढीमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ ।
फाइनल खेल धनगढी जेसिज र पत्रकार टीमबीच भएको थियो । फाईनल खेलमा पत्रकार टिमले धनगढी जेसिजलाई ११–५ गोल अन्तरले पराजित गर्‍यो ।
प्रतियोगिता संयोजक आशिष शाहका अनुसार प्रतियोगितामा धनगढी जेसिज, जुनियर जेसिज, पत्रकार लगायत चार टिमले भाग लिएका थिए ।
जेसिज सप्ताहका मुल संयोजक नरेश धामीले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान, आइटी सेमिनार, निःशुल्क स्वास्थ्य शिविर, वक्तृत्वकला, साइक्लिङ लगायतका कार्यक्रम आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार