निष्ट एलपिएल : लिटल फ्लावर र हिमालयन ह्वाईटबीच उपाधीका लागि भिडन्त
धनगढी । धनगढी जारीमा निष्ट एलपीएल–४ को उपाधिका लागि लिटल फ्लावर स्कुल र हिमालयन ह्वाईट हाउसबीच भिडन्त हुने भएको छ ।
सोमबार भएका सेमिफाईनल खेल जित्दै उनीहरू उपाधीका लागि आमुन्नेसामुन्ने उभिने भएका छन् ।
सोमबारको पहिलो सेमीफाईनल खेलमा लिटल फ्लावरले नोवेल एकेडेमीलाई तीन विकेटले हरायो । दोस्रो सेमिफाईनल खेलमा हिमालयन ह्वाईट हाउसले शारदा विद्या निकेतनमाथि २२ रनको जीत प्राप्त ग¥यो ।
टस जितेर पहिले व्याटिङ गरेको नोवेल १५ दशमलव एक ओभरमा ५४ रनमा समेटियो । नोबेलले सवैभन्दा बढी १९ रन अतिरिक्त पाएको थियो ।
नोवेललाई झिनो रनस्कोरमा सिमित गर्ने क्रममा लिटल फ्लावरका दिपक रोकायले पांच विकेट लिए । भने किशोर सिंहको नाममा दुई विकेट रह्यो ।
५५ रनको सामान्य लक्ष्य पुरा गर्न लिटल फ्लावरलाई पनि धौधौ भयो । लिटल फ्लावरले १२ दशमलव पांच ओभरमा सात विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । लिटलका अनिल थापाले १३ तथा विपिन रावलले ११ रन बनाए । नोवेलका लागि अर्जुन सावदले दुई विकेट लिए । सो खेलमा लिटल फ्लावरका दिपक रोकाया म्यान अफ द म्याच बने ।
सोमवारको दोस्रो सेमिफाईनलमा हिमालयन ह्वाईट हाउसले टस जितेर पहिले व्याटिङ गर्दै १९ दशमलव पांच ओभरमा सवै विकेट गुमाएर एक सय नौ रन बनायो ।
हिमालयनका सुमित श्रेष्ठले २३ तथा विवेक वुढाथोकीले १६ रन बनाए ।
बलिङतर्फ शारदाका अर्जुन सावद र नरेन्द्र सावदले दुई विकेट लिए ।
एक सय १० रनको लक्ष्य पछ्याएको शारदा निर्धारित २० ओभरमा सवै विकेट गुमाएर ८६ रन खुम्चियो । शारदाका अनिल थापाले १३ तथा विपिन रावलले ११ रन बनाए ।
हिमालयनका विक्रम ठगुन्ना, नारायण जोशी र आरियो पौडेलले दुइ÷दुई विकेट लिए । सो खेलमा हिमालयनका आरियो पौडेल म्यान अफ द म्याच बने ।
प्रतियोगिताको फाईनल खेल भोली बुधवार हुने जनाइएको छ ।




