११ श्रावण २०८१, शुक्रबार

पाचौं जेटी कप : उद्घाटन खेलमा आयोजकको बिजयी सुरुवात



पदम ओझा/बौनिया । शुक्रबारबाट शुरु भएको पाचौं जेटी कृकेट कपको उद्घाटन खेलमा आयोजक जगत ताराले बिजयी सुरुवात गरेको छ ।


स्वयम्भूनाथ लम्कीलाई ३४ रनले पराजित गर्दै आयोजक बिजयी भएको हो । शुक्रबार दिउसो मुडा बजारको खेल मैदानमा भएको टसमा जगत ताराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेर आयोजकले निर्धारित २० ओभर मध्ये १६ ओभर खेल्दै अल आउट हुदै १ सय ५३ रन बनाउन सफल भएको थियो ।
जगत ताराका लािग शुभम बम ३४ रन र शुभास शाहिले २३ रन बनाएका थिए । स्वय्म्भुअनाथका लागी मनिन्द्र शर्माले ३ बिकेट लिन सफल भएका थिए ।
१५४ रनको लक्ष्य लिएर मैदान आएको स्वयम्भूनाथ लम्की निर्धा्रित २० ओभर मध्य १९.२ ओभर खेल्दै ११९ रनमा अल आउट हुदै ३४ रनले हार ब्यहोर्न बाध्य भएको हो ।
स्वय्म्भु नाथ लम्कीलाई रोक्ने क्रममा रोशन साउदले ३ तथा शुभास शाहिले २ बिकेट लिएका थिए । जगत ताराका शुभास शाही म्यान अफ द म्याच बन्न सफल भए ।
यसैगरी, प्रतियोगिताको दोस्रो दिन बिहान ८ बजे पायनियर्स लम्कीका बिरुद्ध नोबेल माबि बौनिया, बिहान ११ बजे युनाईटेड टिकापुर बिरुद्ध उज्यालो लम्की र अर्को खेल गुरुकुलका विरुद्ध माईकी बौनियाबीच हुने प्रतियोगिताका संयोजक एकेन्द्र मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार