असल श्रम सम्बन्धबारे अन्तरक्रिया
धनगढी । असल श्रम सम्वन्धका लागि विज्ञ र सरोकारवालाहरूसंग अन्तरक्रिया कार्यक्रम बिहिबार धनगढीमा भएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको आयोजना तथा श्रम तथा रोजगार कार्यालय धनगढीको संयोजनामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा नगर प्रमुख वडले श्रमको सम्मान नहु“दा यूवाहरू बिदेश पलायन बढेको बताए ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव कविन्द्र नेपालले श्रमिकको हितका लागि मन्त्रालयले विभिन्न कार्यक्रम गरिरहेको बताए । उनले नेपाल सरकारले भर्खरै लागु गरेको सामाजिक सुरक्षा भत्ता कार्यक्रमबारे श्रमिक र रोजगारदातालाई स्पष्ट बुझाउन नसकिदा आवद्ध हुन नसकेको बताए ।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख कृष्णानन्द जोशीले नेपालमा श्रम सम्बन्धि भएका कानुनी व्यवस्थाका बारेमा प्रस्तुतिकरण गरेका थिए । उनले कर्मचारी अभावका कारण निजि संघ संस्थाको अनुगमन प्रभावकारी बनाउन नसकिएपनि उजुरीका आधारमा दुबै पक्षलाई बोलाएर समस्या समाधान गर्ने गरेको बताए ।
कार्यक्रममा सरकारले मजदूरहरूले न्युनतम पारिश्रमिक, बिमा, सामाजिक सुरक्षा जस्ता कार्यक्रम ल्याएपनि कार्यान्वयन प्रभावकारी नहु“दा मजदूरले न्युन ज्यालामा काम गर्नुपरेको गुनासो गरेका थिए । उनीहरूले निजि क्षेत्रमा काम गर्ने मजदूरले न्युन ज्यालामा काम गर्नुपर्ने, ज्यालानै नपाउने, तोकिएको समयभन्दा बढी काम गर्नुपर्ने समस्या यथावत रहेको गुनासो गरेका थिए ।
कार्यक्रममा निर्माण व्यवसायी, उद्योगी, रोजगारदाता, मजदुर तथा ट्रेड युनियनकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।





