१२ श्रावण २०८१, शनिबार

मानब अधिकार समुह गठन



धनगढी । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूर पश्चिम प्रदेश कार्यालयले बिहिबा।र गोदावरी नगरपलिकास्तरीय मानव अधिकार समूह गठन गरेको छ ।


इन्सेकद्वारा मानव अधिकारको मुल्य मान्यतालाई स्थापित गराउने उद्देश्यले सञ्चान गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने (इएलपी) परियोजनाको परिचयात्मक कार्यक्रममा सो समुह गठन गरेको हो । १२ सदस्यीय मानब अधिकार समुह गठन गरिएको र समिति अपुर्ण रहेकोले कार्तिक २५ गते बैठक बसेर पुर्णता दिइने सहजकर्ता दिपक नेपालीले बताए ।
संबिधानले सुनिश्चित गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारलाई स्थापित गराउने उद्देश्यका साथ इन्सेकले इएलपि परियोजना कैलालीको दुई नगरपालिका गोदावरी र गौरी गंगामा संचालन गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताए ।
गोदावरी नपाकी उपप्रमुख रत्ना कडायतले इन्सेकले देशै भरी गर्दै आइरहेको काम एकदमै सह्रायिन रहेको बताइन् । यो परियोजनाले हामी जन प्रतिनिधि, शाखाअधिकृत र कमार्मचारीहरुलाई जिम्मेवारीका साथ काम गर्न सजिलो बनाईदिने बताइन् ।
उनले गठन गरिएको नगर स्तरिय मावब अधिकार समुहले जनप्रतिनिधिहरुलाई र कर्मचारीहरुलाई निगरानी गरिरहने हुनाले सबै कर्मचारीहरुलाई सेवा ग्राहीको सेवामा जिम्मेवारीका साथ लाग्न अग्रह पनि गर्नु भयो । काम गर्दै गर्दा यदि कुनै ठाउँमा कमी कमजोरी भएको छ भने मानव अधिकार समुहले बेलैमा सल्लाह सुझाब दिई सच्चीने मौका पाईने अपेक्षा गर्नुको साथै गोदावरी नगर पालिकालाई मानब अधिकारमैत्री बनाउन ईन्सेक संग सहकार्य गरेर जने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार