३ असार २०८१, आईतवार

देउसीभैलोको रकमबाट मानवसेवा आश्रमलाई सहयोग



धनगढी । तिहारमा देउसी भैलो खेलेर जम्मा गरिएको रकमबाट मानबसेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको छ ।


धनगढीमा रहेको शीतल एकेडेमीका विद्यार्थी तथा शिक्षकहरूले तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकमबाट चामल, दाल तथा अन्य खाद्यान्न सामग्री खरिद गरी प्रदान गरेको संस्थाका प्रबन्ध निर्देशक गंगाराम रेग्मीले बताए ।
मान सेवा आश्रममा रहेका असहायलाई दैनिक उपभोग्य खाद्यान्न अभावको समस्या देखिएकोले खाद्यान्न सामग्री वितरण गरेको उनले बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा रहेको मानवसेवा आश्रममा आठ जना महिला, ११ जना पुरुष तथा तीन जना बालबालिका रहेका छन् । मानवसेवा आश्रमका संयोजक आदर्श ढकालले सडकमा बेवारिसे अवस्थामा रहेकालाई सेवा गरिरहेकोले खुसी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार