११ श्रावण २०८१, शुक्रबार

नगरपालिका भवनको शिलन्यास



सुखड । कैलालीको घोडाघोडी नगरपालिकाको भवनको शिलन्यास गरिएको छ । वडा नम्बर १ मा प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले बुधबार भवनको शिलन्यास गरे ।


सो भवन निर्माणका लागि शिवशक्ति सामुदायिक वनले जग्गा उपलब्ध गराएको छ ।
कार्यक्रममा घोडाघोडी नगर प्रमुख ममताप्रसाद चौधरीले भवन बनाउन जमिन उपलब्ध गराएकोमा शिवशक्ति सामुदायिक वनप्रति आभार व्यक्त गरे ।
चार करोड १६ लाख रुपैयाको लागतमा बन्ने सो भवन तीन तलाको हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार