११ श्रावण २०८१, शुक्रबार

अख्तियारद्वारा तीन प्रहरीविरुद्ध मुद्दा दायर



धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीका सशस्त्र प्रहरी निरीक्षक सहित तीन प्रहरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार सशस्त्र प्रहरी बल बिओपी भजनीका सशस्त्र प्रहरी निरीक्षक रविन्द्र कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरी विरुद्ध विशेष अदालतमा आरोपत्र दायर गरेको जनाएको छ ।
सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर र जवान रतिरामलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले गत असोज १७ गते सेवाग्राहीबाट लिएको २० हजार रुपैया घुस सहित रंगेहात पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा रंगेहात पक्राउ परेका सहायक हवल्दार र जवानले बिओपी भजनीका इन्चार्ज समेत रहेका सशस्त्र प्रहरी निरिक्षक कार्कीको आदेश र निर्देशन अनुसार सेवाग्राहीसंग भारतबाट आउने सामानमा भन्सार छुट गराईदिने भन्दै घुस माग्ने गरेको खुल्न आएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार