११ श्रावण २०८१, शुक्रबार

किशोरी अपहृत



धनगढी । कञ्चनपुरबाट एक किशोरीको अपहरण भएको छ । जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुर, रडहा की १५ वर्षीय सपना पालको मंगलबार बिहान अपहरण भएको बताइएको छ ।


‘मर्निङ वाक’ मा गएका बेला सपनालाई मोटरसाइकलमा आएको एक समुहले अपहरण गरेको बताइएको छ । अपहृत किशोरी सपनाको परिवारले उनको खोेजतलासका लागि ईलाका प्रहरी कार्यालय झलारी निवेदन दिएको प्रहरी निरीक्षक नैनबहादुर साउँदले बताए ।

प्रहरी निरीक्षक साउँदले अपहृत किशोरीको खोजतलासका क्रममा उनले बोकेको मोबाइलको ‘लोकेसन’ अत्तरियातर्फ देखिएको बताए । अपहरणमा परेकी सपनाको ‘लोकेसन’ देखिएको अत्तरियाका होटलहरुमा खोजतलासका लागि छापा हानिएको, बुधबार साझसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।
उनले झलारीका होटलहरुमा समेत छापा हानिएको बताए । प्रहरीका अनुसार सपना हराएपछि उनको फोनबाट घर परिवारलाई ‘बाँधेर राखेको…’ जस्ता म्यासेज तथा फोन आएको बताइएको छ । सपना आस्थापुञ्ज ऐकेडेमीमा कक्षा ७ मा अध्ययनरत छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार