२१ आश्विन २०८१, सोमबार

निष्ट कलेज एलपिएल : हिमालय ह्वाइट, नोबेल एकेडेमी र शारदा मावि क्वाटरफाईनलमा प्रवेश



धनगढी । धनगढीमा जारी निष्ट एलपीएलमा काठमाडौंको हिमालय ह्वाईट हाउस, कञ्चनपुरको नोबेल एकेडेमी र शारदा मावि क्वार्टरफाईनलमा प्रवेश गरेका छन् ।


हिमालय ह्वाईट हाउसले सैनिक आवासीय महाविद्यालय तेघरीमाथि १० विकेटको सानदार जित हासिल गर्‍यो ।
विजयका लागि सैनिक आवासीय महाविद्यालयले दिएको ७६ रनको लक्ष्य ह्वाईट हाउसले छैठौं ओभरमा बिना कुनै विकेट क्षती पुरा गर्‍यो । ह्वाईट हाउसका दिपक बोहराले २१ बलको सामना गर्दै चार छक्का र पांच चौका सहित अविजित अर्धशतमक बनाए । सुदीप बस्नेतले अविजित १५ रन बनाए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको सैनिक महाविद्यालयले १७ दशमलव पांच ओभरमा सवै विकेट गुमाएर ७५ रन मात्र बनायो ।
सैनिक महाविद्यालयको ब्याटिङ पारीमा विवेक विष्टले २५ तथा स्वप्निल केसीले १७ र अविनाश चन्दले ११ रन बनाए ।
बलिङतर्फ ह्वाईट हाउसका आरियो पौडेलले पांच विकेट लिए । त्यस्तै समीर तिमिल्सेनाले तीन विकेट लिए । ह्वाईट हाउसका आरियो पौडेल म्यान अफ द म्याच बने ।
वुधबारको पहिलो खेलमा नोवेल एकेडेमीले सत्यवति विद्यालयलाई ९१ रनले पराजित ग¥यो । टस हारेर पहिले ब्याटिङ गरेको नोबेल एकेडेमीले २० ओभरमा नौ विकेट क्षतिमा एक सय ५९ रन बनायो । नोवेलका गणेश विटालुले ५२ रन बनाए । उनले २६ बलमा तीन छक्का र छ चौका प्रहार गरे । त्यस्तै अनिल थापाले २६ रन बनाए । सत्यवतीका निरज भट्टले तीन तथा योगेश भाटले दुई विकेट लिए ।
प्रतिउत्तरमा सत्यवती १८ दशमलव एक ओभरमा ६८ रनमा समेटियो । सत्यवतीका योगेश भाटले ३३ रन बनाए ।
नोबेलका विकास सुनार र गणेश विटालुले तीन तीन विकेट लिए । नोवेलका गणेश विटालु म्यान अफ द म्याच बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार