११ श्रावण २०८१, शुक्रबार

उपभोक्ता मञ्चद्वारा नगरपालिकाको ध्यानाकर्षण



टीकापुर । उपभोक्ता हित संरक्षण मञ्च नगर समिति टीकापुरले टीकापुर उपभोक्ताको हक अधिकारका सवालमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।


नगरपालिकामा बजार व्यवस्थापन ऐन ल्याउनु पर्ने, टीकापुरमा सञ्चालित विदुतीय तथा अटो रिक्साको उचित भाडादर कायम हुनुपर्ने र १० महिनादेखि नेतृत्वविहिन टीकापुर अस्पतालमा अध्यक्ष नियुक्तीका लागि सुदूरपश्चिम प्रदेश सरकारसंग पहल गर्न ध्यानाकर्षणपत्र बुझाइएको हो ।
मञ्चको कात्तिक १९ गतेको बैठकको निर्णय अनुसार उपभोक्ताको सरोकार रहेका र स्थानीय तहले गर्नैपर्ने कामहरु छिटो गर्न ध्यानाकर्षण पत्र बुझाउनु परेको मञ्चका अध्यक्ष एकिन्द्र तिमिल्सिनाले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा सञ्चालित विद्युतीय र पेट्रोल रिक्साको व्यवस्थापनका लागि पहल भैरहेको आश्वासन दिए ।
त्यस्तै, टीकापुर अस्पताल प्रदेश मातहत भए पनि आफूले पटकपटक अध्यक्ष नियुक्त गरिदिन आग्रह गरिरहेको र सामाजिक विकास मन्त्रालयले अबको एक साताभित्र अध्यक्ष पठाउने र लगतै डाक्टर पनि पठाउने आश्वासन दिएको बताए । उनले टीकापुर अस्पतालमा रेड इन्टरेशनलले सहयोग गर्न लागिरहेको पनि बताए ।
नगर प्रमुख रावलले बजार व्यवस्थापन ऐन पनि अति आवश्यक भैसकेकाले आउदो नगर सभाबाट ऐन ल्याउने प्रयासमा लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार