१२ श्रावण २०८१, शनिबार

डाक्टर केसीको १७ आैं अनसनमा काँग्रेसको ऐक्यवद्धता



ललित बोहरा/डडेल्धुरा । चिकित्सा शिक्षा सुधारको मागसहित डाक्टर गोविन्द केसीले सोमबारदेखि सुरु गरेको अनसन जारी छ । डाक्टर केसीको मागका विषयमा सुदूरपश्चिम कांग्रेसले ऐक्यबद्धता जनाएको छ ।


सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापती कर्णबहादुर मल्लले कार्यकर्ता सहित अनसनरत डाक्टर केसीलाई भेटेर उनको मागप्रति ऐक्यबद्धता जनाए ।
उनले सम्पुर्ण सुदूरपश्चिमबासीको स्वास्थ्यको लागि थालिएको अभियानमा सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
डाक्टर केसी डडेल्धुरा अस्पतालबाट करिब एक सय मिटरको दुरीमा रहेको एक घरको तेस्रो तलामा अनसन बसेका छन । डाक्टर केसीले ७ बु“दे माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार