१२ श्रावण २०८१, शनिबार

लागू औषधसहित दु्ई पक्राउ



धनगढी । कैलाली प्रहरीले लागु औषधसहित दुई जनालाई धनगढीबाट पक्राउ गरेको छ ।


धनगढी उपमहानगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षिय संजय चौधरी र वडा नम्बर १३ बस्ने २० वर्षिय अनिक रानालाई प्रहरीले लागुऔषधसहित मंगलबार पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा नाकामा चेकजा“च गर्ने क्रममा उनीहरुका साथबाट ब्राउन सुगर र एसपिएम÷वर्कहार्डि नामक लागु औषध बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक तथा प्रवक्ता प्रकाश सिंह कार्कीका अनुसार संजयबाट तीन ग्राम छ सय २० मिलिग्राम ब्राउन सुगर र अनिकबाट एक ग्राम एक सय ४० मिलिग्राम एसपिएम÷वर्कहार्डि लेखेको निलो रंगको चार वटा ट्यावलेट बरामद गरेको थियो ।
उनले उनीहरु लागु औषध ओसार पसारमा संलग्न रहेको देखिएकाले थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार