२३ बैशाख २०८१, आईतवार

दुई महिनाभित्र स्वास्थ्य कर्मचारी समायोजन टुंगिन्छ– महानिर्देशक पोखरेल



धनगढी । स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर रोशन पोखरेलले दुई महिनाभित्र स्वास्थ्यका कर्मचारी समायोजनको टुङ्गो लग्ने बताएका छन् ।


‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अहिले कर्मचारी समायोजनको काममा तल्लीन छ’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार धनगढीमा आयोजना गरेको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक समिक्षा कार्यक्रमको उद्घाटन गर्दै महानिर्देशक डाक्टर पोखरेलले भने– अब स्वास्थ्यका कर्मचारी समायोजन प्रक्रिया धेरै लामो जा“दैन । एक दुई महिनाभित्र यसको टुङ्गो लाग्छ ।
उनले कर्मचारी समायोजनले पूर्णता पाएपछि रिक्त रहेका ठाउ“मा हेरफेर गरिने बताए । उनले भने– समायोजनका क्रममा कुनै स्वास्थ्य संस्थामा दरबन्दीभन्दा बढी त कसैमा कम वा कसैमा कर्मचारीको समायोजन नभएको पनि हुन सक्छ । कर्मचारी समायोजन पछि संगठन तथा व्यवस्थापनको सर्भे गरि सोही अनुसार कर्मचारी दरबन्दी गरिने छ ।
उनले स्वास्थ्यका नतिजामुखी कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारसंग आग्रह गरे । महानिर्देशक पोखरेलले कुनै एउटा कार्यक्रममा प्रदेश तथा संघीय सरकारबाट बजेट विनियोजन भएकोमा चिन्ता नलिन स्वास्थ्य निकायका अधिकारीहरू सुझाए । भने– एउटा कार्यक्रम दुई ठाउ“बाट बजेट प¥यो भनेर चिन्ता नलिनुहोस्, कार्यक्रमको नतिजा कस्तो आयो भन्ने सोच्नुहोस् ।
महानिर्देशक पोखरेलले पछिल्लो समय सञ्चार माध्यमहरूमा स्वास्थ्य निकायका कमीकमजोरीका समाचार मात्रै बढी आइरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले भने– कुनै अस्पतालमा तीन जना चिकित्सक छन्, तर सञ्चार माध्यममा “अस्पतालमा चिकित्सक नहु“दा पोष्टमार्टम हुन सकेन” भन्ने समाचार आउछ । के चिकित्सकहरूले यति सामान्य काम पनि गर्न सक्दैनन् ? उनले स्वास्थ्य संस्थाहरूबाटै सूचना प्रवाहमा कमीकमजोरी भइरहेको औल्याए । ‘प्रत्येक स्वास्थ्य संस्थामा आधिकारिक सूचना अधिकारी राख्नुहोस् । सूचना प्रवाह सही ढंगले गर्नुहोस्’ उनले स्वास्थ्य अधिकारहरूलाई भने ।
उनले अस्पताल सहितका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरू माथि भइरहेको आक्रमणप्रति चिन्ता व्यक्त गरे । ‘अहिले कुनै न कुनै नाममा स्वास्थ्य संस्था तथा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीहरू असुरक्षित भइरहेको अवस्था छ’ उनले प्रश्न गरे– स्वास्थ्यकर्मीले काम नगरेकोले हो वा काम गरेर पनि नागरिकले विश्वास नगरेर कर्मचारी तथा स्वास्थ्य संस्थामाथि आक्रमण भइरहेको हो ?
कार्यक्रममा सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकरबहादुर बिष्टले संघ र प्रदेश सरकारबीच समन्वय, सहकार्य तथा सहअस्तित्वको वातावरण बन्न नसकेको चर्चा गरे । निमित्त सचिव बिष्टले योजना निर्माण गर्दा समन्वय जरुरी रहेको बताए ।
उनले आम नागरिकसम्म पुग्ने योजना निर्माण गर्न सुझाव दिए । भने– हामी गुणस्तरीय स्वास्थ्य सेवाको कुरा गरिरहेका छौं । यो तबमात्र सम्भव छ, जब प्रदेशका हरेक नागरिकसम्म पुग्ने योजना बन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व महानिर्देशक डाक्टर सुशील प्याकुरेलले संघीयता लागू भएसंगै स्वास्थ्य क्षेत्रको ‘चेन अफ कमाण्ड’ तोडिएको बताए । ‘संघीयताको अवधारणा आउनु अघिनै स्वास्थ्यको संरचना गाउ“वस्तीसम्म पुगिसकेको थियो’ उनले भने– संघीयताको उद्देश्य पनि वस्ती तहसम्म सेवा पुगोस भन्ने नै हो, तर यसको कार्यान्वयन गर्दा केही त्रुटी भएका छन् । जसले गर्दा स्वास्थ्यका कार्यक्रममा असर पुगेको छ । ्
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले स्वास्थ्य क्षेत्रको अवस्था, समस्या, चुनौति, नयाँ अभ्यास र समाधानबारे समिक्षा गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
समिक्षा गोष्ठी तीन दिनसम्म चल्ने जनाइएको छ । गोष्ठीमा संघीय स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका विषयगत शाखाका अधिकारी, प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका अधिकारी, प्रदेशका ९ वटै जिल्लाका स्वास्थ्य संस्था र अस्पतालका प्रमुख तथा दातृ निकायका प्रतिनिधी लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार