२३ बैशाख २०८१, आईतवार

विपद उद्दार तथा राहत सामग्री व्यवस्थापनमा ढिलार्इ



शेरबहादुर ऐर/धनगढी । ‘हाम्रो मन्त्रालयले प्रदेशमा आवश्यक भएको विपद सामाग्री खरिद प्रक्रिया छिट्टै अघि बढाउँछ’ गत बुधबार प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷७६ को प्रगति समिक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले भने ‘विपद्को जोखिम न्यूनिकरण तथा उद्दार कार्यका लागि प्रदेश सरकार गम्भिर रहेको छ ।’


प्रदेश सरकारका प्रवक्ताले यस्तो धारणा व्यक्त गरेको एक साता वितिसक्दा पनि अहिलेसम्म मन्त्रालयले राहत तथा उद्दार सामग्री खरिद प्रक्रिया अघि बढाउन भने सकेको छैन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत असार अन्तिम सातादेखिनै जिल्ला प्रशासन कार्यालयबाट राहत तथा उद्दार सामाग्रीको विवरण माग गरेको थियो ।
मन्त्रालयले साउन २० गतेसम्म प्रशासन कार्यालयबाट विवरण आइनसकेको प्रतिक्रिया दि“दै आएको थियो । ‘प्रशासन कार्यालयबाट सम्पूर्ण विवरणहरु आइसकेपछि हामी अन्य प्रक्रिया अघि बढाउ“छौं’ मन्त्रालयका शाखा अधिकृत लक्ष्मण शाहले दिएको प्रतिक्रिया हो यो । २० गतेसम्म यहि प्रतिक्रिया दि“दै आएको मन्त्रालय भने २२ गते सामाग्रीहरुको नाम यकिन गराउन कैलाली जिल्ला प्रशासन कार्यालयमा सम्पूर्ण जिल्लाको विवरण पठाएको प्रतिक्रिया दिएको छ । ‘सबै जिल्लाबाट विवरण आइसकेको छ । एकै सामाग्रीको दोहोरो नाम नपरोस भनेर यकिनका लागि कैलाली जिल्ला प्रशासन कार्यालयमा विवरण पठाएका छौं’ शाखा अधिकृत शाहले भने ‘तत्पश्चात मन्त्रालयले सबै जिल्लाको सामाग्री अभावलाई संकलन गरेर खरिद प्रक्रिया अघि बढाउने छ ।’ नौ वटै जिल्ला प्रशासन कार्यालयहरुले उद्दार सामाग्रीहरु अभाव रहेको भन्दै के कति सामाग्रीहरु आवश्यक छ भनेर संख्या सहितको तथ्यांक पठाएका छन् ।
मन्त्री शाहले ‘यहि महिनाभित्र राहत तथा उद्दार सामाग्री खरिद गरेर सम्बन्धीत प्रशासन कार्यालयमा पठाइने’ प्रतिक्रिया दिएका थिए । तर, मन्त्रालयले राहत तथा उद्दार सामाग्री खरिदका लागि पनि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयसंग रकम माग गर्नुपर्ने हुन्छ । त्यसका लागि पनि प्रक्रिया अघि नबढेको मन्त्रालयले जनाएको छ । ‘मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गरेर आर्थिक मामिला तथा योजना मन्त्रालयसंग राहत तथा उद्दार सामाग्री खरिदका लागि रकम माग गर्ने छ’ मन्त्रालयका शाखा अधिकृत शाहले भने –‘अहिले हामी तथ्यांक व्यवस्थापनमै लागेकाले यी प्रक्रिया अघि बढ्न सकेको छैन् ।’ उनले यहि महिनाभित्र खरिद प्रक्रिया अघि बढाइने बताए ।
सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम पा“च लाखभन्दा माथिका सामाग्री खरिद गर्दा शिलबन्दी दरभाउ पत्र आह्वान गरेर अघि बढ्नुपर्ने हुन्छ । यो प्रक्रियामा जा“दा पनि मन्त्रालयले यहि महिनाभित्र सामाग्री खरिद गर्न सक्ने अवस्था भने देखिदैन् ।
सुदूरपश्चिमसहित देशभरीनै असार, साउन, भदौ र असोजको दोस्रो सातासम्म बाढी, पहिरो, चट्याङ, डुवान लगायतको जोखिम रहने गरेको छ । सुदूरपश्चिमका पहाडी छ जिल्लामा बाढी तथा पहिरो र तराइका दुई जिल्लामा कैलाली र कञ्चनपुरमा डुवानको जोखिम रहने गरेको छ । वर्षाको समयमा हुन सक्ने विपदका जोखिमलाई न्यूनिकरण गर्न उद्दार सामाग्रीहरु तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । तर, मन्त्रालयसंग प्रशासन कार्यालयहरुले अभाव सामाग्री माग गर्दा पनि मन्त्रालय विभिन्न वहाना बनाइ पन्छिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा मौसम भएपनि प्रदेशमा भारी वर्षा भने हुन नसकेको जनाएको छ । महाशाखाको वेवसाईट विवरण अनुसार प्रदेशको धनगढीमा अगस्ट १ देखि ७ अर्थात (साउन १६ गतेदेखि २२ गतेसम्म) एक सातामा ५६ दशमलब १० मिलिमिटर वर्षा भएको छ ।
यस वर्ष धनगढीमा सबैभन्दा बढी वर्षा असार २६ मा भएको जनाइएको छ । महाशाखाका अनुसार असार २६ मा धनगढीमा ८२ मिलिमिटर वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाले २२ गते तीन दिने मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आज (बिहिबार) पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
‘आज (बिहिबार) दिउ“सो देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही पश्चिम र मध्यका केही स्थानहरुमा र पुर्वका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनेछ’ सो बुलेटिनमा भनिएको छ ‘राती देशका धेरैजसो स्थानहरुमा सामान्य वदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ सहित भारी वर्षा हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार