७ जेष्ठ २०८१, सोमबार

सुदूरपश्चिममा उन्मुक्तिका सातै जना पालैपालो बने मन्त्री



धनगढी/ सुदूरपश्चिम प्रदेशमा अब नागरिक उन्मुक्ति पार्टीका सातै जनाले पालौपालो मन्त्री बन्ने अवसर पाएका छन् । मंगलबार टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेपछि सातै जना मन्त्री बन्न सकेका हुन ।

अघिल्लो कमलबहादुर शाहको सरकारमा राजमन्त्री बनेका कैलाश चौधरी अहिलेका मुख्यमन्त्री दीर्घवहादुर सोडारीको सरकारमा वैशाख ६ गते नै भौतिक पूर्वाधारमन्त्री बनेका छन् ।

त्यसअघि शाहको सरकारमा शुरुमा रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र कैलाश राज्यमन्त्री भएका थिए ।
त्यसपछि माओवादी र एकीकृत समाजवादीले सरकार छोडेपछि घनश्याम चौधरी आर्थिक मामिला, लक्ष्मणकिशोर चौधरी सामाजिक विकास, खुसीराम चौधरी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र इन्दिरा चौधरी कृषि राज्यमन्त्री नियुक्त भएकी थिइन ।

मुख्यमन्त्री सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन ।

थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका गरिन । थापालाई प्रदेश प्रमुख मियाँले सपथ ग्रहण गराएका हुन् ।
मंगलबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले उन्मुक्तिलाई कृषि मन्त्रालय दिने सहमति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार