१२ श्रावण २०८१, शनिबार

मानव बेचबिखनका घटनामा बृद्धि



शेरबहादुर ऐर/धनगढी । मानव बेचविखनको घटनामा बृद्धि भइरहेको पाइएको छ । माइती नेपाल धनगढीले दिएको तथ्यांक अनुसार महिला तथा बालबालिका बेचविखनको घटनामा बृद्धि रहेको तथ्यांक सार्वजनिक गरेको छ ।


चालु आर्थिक वर्ष ०७५/७६ मा सिमानाबाट ९७ महिला र ३८ बालबालिका गरि एक सय ३५ जनाको उद्दार गरिएको माइती नेपालको तथ्यांक रहेको छ । यस्तै, भारतबाट एक बालबालिकाको उद्दार गरिएको जनाइएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा नेपाल भारतको सिमानाबाट ८७ महिला र ३२ बालबालिका गरि एक सय १९ जनाको उद्दार गरिएको थियो भने भारतका विभिन्न स्थानबाट पाँच महिला र चार बालबालिका गरि १२ जनाको उद्दार गरिएको थियो ।
चालु आर्थिक वर्षमा तीन जना विरुद्ध मानव बेचविखन तथा ओसारपसार अन्र्तगत मुद्दा दर्ता गरिएको छ भने गत आर्थिक वर्ष ०७४/७५ मा दुई जनाविरुद्ध माइती नेपालद्धारा मुद्दा दर्ता गरिएको जनाइएको छ ।
कैलाली जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष ०७५/७६ को हालसम्म मानव वेचविखन तथा ओसारपसार अन्र्तगत १६ मुद्दा दर्ता भएका छन भने आर्थिक वर्ष ०७४/७५ मा नौ वटा मुद्दा दर्ता भएको जनाइएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको तथ्याङक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा देशभरमा ५ सय ४६ जनाविरुद्ध मुद्धा दर्ता भएको जनाइएको छ । जसमा ब्राहमणको संख्या ४३, क्षेत्री एक सय एक, जनजाती दुई सय ७७, दलित ८२, मधेशी ३४, ठकुरी १५ र विदेशी दुई जना रहेका छन् ।
आर्थिक वर्ष २०६८/०६९ देखि २०७४/७५ सम्ममा देशभरी मानव बेचविखन विरुद्ध मुद्दा दर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । आर्थिक बर्ष २०६८/०६९ सालमा एक सय ४३, २०६९/७० सालमा एक सय ६१, २०७०/७१ सालमा दुई सय ९६, २०७१/७२ सालमा दुई सय ८०, २०७२/७३ मा तीन सय ५२, २०७३/७४ मा तीन सय ११ र २०७४/७५ मा पाँच सय ४६ मुद्दा दर्ता भएको जनाइएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको प्रदेश स्तरीय तथ्यांक अनुसार प्रदेश नम्बर १ मा ७५, प्रदेश नम्बर २ मा ३९, प्रदेश नम्बर ३ मा ३६, प्रदेश नम्बर ४ मा ७, प्रदेश नम्बर ५ मा एक सय ७२, प्रदेश नम्बर ६ मा ५७, प्रदेश नम्बर ७ मा ३१, उपत्यकामा ४७, ब्युरो ७२ मुद्दा दर्ता भएको उल्लेख छ ।
माइती नेपालका कार्यक्रम संयोजक शिवचरण चौधरीले सबैभन्दा बढी महिला बेचविखन पर्ने गरेको बताए । उनका अनुसार महिला ७० प्रतिशत र बालबालिका ५० प्रतिशत बेचविखनमा परेका छन् । उनले बेचविखनमा परेको धेरै यौन शोषणमा रहेको बताए । ७ देखि २४ वर्षका महिला तथा बालबालिका वेचविखनमा पर्ने गरेका छन् ।
यौन शोषण, श्रमशोषण, सर्कस, उ“ट डौर, कलकारखाना, मसाज सेन्टर, लागु औषध ओसारपसार, घरेलु कामदार, होटल रेष्टुरेन्ट, शारिरीक अंग बेचविखन तथा प्रत्यारोपण, डान्सबार लगायतमा बेचविखनमा परेका महिला तथा बालबालिकाको प्रयोग हुने गरेको छ ।

माईती नेपाल गाउँसम्म पुग्नुपर्छः उपप्रमुख भट्ट

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशिला मिश्र भट्टले माइती नेपाललाई धनगढी केन्द्रीत नहुन आग्रह गरेकी छिन् ।
‘कैलाली जिल्ला ठुलो छ । खुल्ला नाका धेरै छन् । विभिन्न नाकाहरुबाट तस्करहरुले मानव ओसार पसार गरिरहेका छन्’ माइती नेपाल धनगढीले आयोजना गरेको सरोकारवालाहरुसंगको एक दिने अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख शुशिलाले भनिन् –‘माईती नेपालले धनगढीको त्रिनगर नाकामा मात्र चेकजा“च गर्नु हु“दैन । हरेक ठाउ“मा यसलाई विस्तार गर्न आवश्यक छ ।’ उनले माइती नेपालले प्रत्येक पालिकासंग सहकार्य गरेर जनचेतनामुलक कार्यक्रम पनि सञ्चालन गर्न सुझाव दिइन् ।
नेपाल वार एशोसियसन धनगढीका अध्यक्ष शिव बहादुर केसीले बेचविखनका मुद्दामा पीडितले न्याय पाउने सम्भावना न्यून रहेको बताए । ‘बेचविखनसम्बन्धी अदालतमा पुगेका मुद्दाहरुमा प्रमाण कमजोर हुने भएकाले पीडितभन्दा पीडकले सफाई पाउने गरेका छन्’ उनले भने । उनले कतिपय बेचविखनका मुद्दाहरु पुरुषलाई फसाउने गरि आउने गरेको बताए ।
सिविन नेपालका हरिलाल चौधरीले मानव बेचविखन नियन्त्रण गर्न टोलफ्रि नम्बर र सचेतना कार्यक्रम आवश्यक रहेको सुझाव दिए ।
धनगढी साझा सम्बाद समितिका अध्यक्ष चेतमान साउदले माइती नेपालले कैलालीका सबै नाकामा चेकपोष्ट राख्न सुझाब दिए ।
कार्यक्रममा नेपाल प्रहरी, शशस्त्र प्रहरी, महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने संघ÷संस्थाका प्रतिनिधी, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार