१६ पुष २०८२, बुधबार

फारवेष्ट पशुपति कप : नवदुर्गा, मनकामना र गौरीगंगा विजयी



धनगढी । धनगढीमा जारी फारवेष्ट पशुपति कपको सोमबारको खेलमा नवदुर्गा युवा क्लव, मनकामना युवा क्लव र गौरीगंगा–११ स्पोर्टस क्लव विजयी भएका छन् । सोमबारको खेलहरूमा नवदुर्गाले घोडाघोडी युवा क्लव सुखडलाई, मनकामना युवा क्लव जुगेडाले वनदेवी युवा क्लव तेघरीलाई र गौरीगंगाले सुदूरपश्चिमाञ्चल फुटवल एकेडेमीलाई पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।
धनगढी रंगशालामा भएको पहिलो खेलमा नवदुर्गाले घोडाघोडीलाई सून्यका विरुद्ध एक गालेले हरायो । नवदुर्गाका दीपक नेपालीले गोल गरेका थिए । सो खेलको पहिलो हाफ गोल रहित बराबरी रहेको अवस्थामा दोस्रो हाफको २३ औं मिनेटमा दीपकले गोल गरेका थिए । उनी खेलको म्याद अफ द म्याच बने । त्यस्तै, दोस्रो खेलमा मनकामनाले वनदेवीलाई ३–१ गोल अन्तरले हरायो । सो खेलमा मनकामनाका तीर्थ भण्डारी, विष्णु चौधरी तथा मनिष बोहराले गोल गरेका थिए । वनदेवीका तर्फबाट धर्म भट्टले गोल गरेका थिए । सो खेलमा मनकामनाका विवेक सन्जेल म्यान अफ द म्याच भए ।
सोमबार नै भएको तेस्रो खेलमा गौरीगंगा–११ ले सुदूरपश्चिमाञ्चल फुटवल एकेडेमीलाई १–० ले पराजित गर्‍यो । गौरीगंगाका कार्लोस बखरियाले एक मात्रै निर्णायक गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच भए ।
प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार